कृषि उत्पादनहरुलाई सहकारीमार्फत बजारीकरण गर्न सरकारसँग लभिङ गरिरहेका छौँ–मीनराज कँडेल

0
523

कृषि उत्पादनहरुलाई सहकारीमार्फत बजारीकरण गर्न सरकारसँग लभिङ गरिरहेका छौँ–मीनराज कँडेल
काठमाडौँ
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले कृषि उपजलाई बजारसम्म पु¥याउन सरकारसँग लभिङ गरिरहेको बताए ।

कृषिकहरुले उत्पादन गरेका कृषि उपज गाउँमै कुहिन अवस्था भएकाले सहकारीको माध्यमबाट बजारमा पु¥याउन सरकारसँग लभिङ गरिरहेको बताएका हन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले यस्तो बताएका हुन् । मुलुकभरी संचालनमा रहेका कृषिसँग संबन्धीत सहकारी संस्थाहरुले विभिन्न गाउँ ठाउँका कृषि उपजलाई बजारसम्म पु¥याउने काम गरिरहेको उनले बताए । तर कतिय स्थानमा बारीमा तरकारी कुहिने अवस्था भएको,जसका कारण किसानहरु नै पेशाबाट पलाएन हुने खतरा बढेको भन्दै सरकार,नीजि क्षेत्र र सहकारीको समन्वयन अपरिहार्य भएको अध्यक्ष कँडेलको भनाई थियो । अन्य मुलुकहरुमा पनि कृषि उपजलाई बजारिकरण गर्न सकारले व्यवस्था मिलाएको भन्दै नेपालको सन्दर्भमा पनि आँफुहरुले सरकारका उच्च तहसँग पहल गरिरहेको उनले बताए । लकडाउन बेला पनि सहकारी संस्थाहरुले गाउँबाट तरकारी सस्तो मुल्यमा बजारसम्म लैजाने काम गरेको उनको भनाई छ । महानगरले तरकारी बेच्ने विभिन्न ठाउँ तोकेकाले ती ठाउँहरुमा तरकारी लएर बेच्ने काम समेत गरेको उनले बताए । सहकारी स.स्थाहरुले तरकारी बेच्न थालेपछि मुल्य समेत नियन्त्रण भएको उनले बताए ।

अब सहकारी क्षेत्र अँफैले पनि उत्पादनका लागि पूँजी परिचालन गर्नुपर्नेमा अध्यक्ष कँडेलको जोड छ । पछिललो समय सरकारका उच्च व्यक्तित्वहरुले सहकारीको पूँजी कृषि उत्पादनमा जानुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनमा सहकारीले अत्यन्तै ठुलो भूमिका खेलेको भन्दै दुर दराजका निम्न वर्गका किनसानको जीवन स्तर माथि उठाउन सहयोग गरेको उनले बताए ।

सहकारी क्षेत्रको पूजी कृषि क्षेत्रमा परिचालन गर्ने क्रम पछिल्लो समय बढेको भन्दै किसानको जीवन स्तर उकास्ने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई थियो । अहिले कृषि क्षेत्रसँग संबन्धीत १ हजार ५० भन्दा बढी सहकारी संस्थाहरुले १० लाख भन्दा बढी घरपरिवारहरुको जीवन स्तर बदल्न महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारी संस्थाहरुले सरकारले राउटेहरुलाई समेत स्थायी बसोबासको व्यवस्था गरेको बताए । जुन काम सरकारले पनि गर्न सकेको थिएन । त्यसका साथै उनीहरुलाई बचत गर्न सिकाउने ,छोराछोरीलाई स्कुल पठाउने वातावरण तयार गर्नेसम्मका काम सहकारी संस्थाहरुले गरेको अध्यक्ष कँडेलले बताए ।

त्यस्तै,सहकारी संस्थाहरुले कन्तमुलबाट बनाएका चिप्सहरु आज ठुला ठुलाशहरहरुका पाँच तारे होटलहरुमा विक्री भइरहेको छ । यी सहकारी संस्थाहरुले गरेका केही कामको मात्रै उदाहरण भएको भन्दै मुलुकभरी यस्ता थुप्रै काम भएको उनले बताए । खासगरी उत्पादन र व्यवसाय तथा रोजगारीसँग जोडेर सहकारीहरुले अत्यन्तै राम्रो सेवा दिइरहेका छन् । त्यस्तै,सहकारी स.स्थाहरुले चियाको प्रशोधन गरी राष्ट्रिय तथा अन्तराष्ट्रि बजारमा समेत बेच्ने काम गरेको उनले बताए । त्यस्तै मुलकभरी रहेका १ हजार ७ सय भन्दा बढी दुग्घ सहकारीहरुले उद्योग धन्दामा आउने ९ लाख लिटर दुधमध्ये ६ लाख लिटर सहकारी संस्थाहरुबाट मात्रै आउने गरेको उनले बताए । दुधबाट मात्रै सहकारीमार्फत हरके दिन साढे ४ करोड रुपैँया शहरबाट गाउँ पुग्ने
गरेको उनले बताए । त्यहाँ पाँच लाख परिवार पालिएको उनले बताए।
त्यस्तै,जडिबुटी,महसंबन्धी,तरकारी,दुध,चिया,कफी संबन्धी सहकारीहरुले पनि उत्पादनलाई बजारीकरण गरिरहेको अध्यक्ष कँडेललको भनाई छ । पछिललो समय करिब ४ सय जति संस्थाहरु उत्पादन र व्यवसायिकरणमा गइसकेको उनले बताए । कृषिसँग संबन्धीत सहकारी संस्थाहरुले जडिबुटी,मह तरकारी,दुध,चिया,कफी,उँखु धान,मकै,अन्य नगदे वालीहरु संबन्धी सहकारीहरुले प्रशोधनको काम गरेर बजारिकरण गरिहेका छन् । त्यसका साथै सहकारी मार्फत रोजगारी सृजन गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

पछिल्लो समय विश्वब्यापी रुपमा फैलिएको कारोना महामारीको संक्रमणका कारण वैदेशिक रोजगारीबाट ठुलो जनशक्ति नेपाल आएको भन्दै त्यो जनशक्तिलाई उत्पादन क्षेत्रमा लगाउने काममा सहकारी क्षेत्रले ठुलो भूमिका खेल्न सक्ने अध्यक्ष कँकडेलको भनाई थियो । त्यस्तै सहकारी संँस्थाहरुले कृषि प्रणालीलाई परम्परागतबाट आधुनिक प्रणालीमा लैजान सिकाउने काममा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नयाँ कृषि प्रणालीमार्फत आँफू आत्म निर्भर हुने र बढी भएको बाहिरी मूलूकहरुमा समेत निर्यात गर्ने अवस्थामा पुग्न सक्नेमा अध्यक्ष कँडेलको जोड थियो ।

सहकारी क्षेत्रले आम मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेकाले सरकारले समेत यसलाई सहयोग गर्नु‘पर्नेमा जोड उनले जोड दिएका छन् । यसो गर्दा उत्पादिन र रोजगारीसँग जोड्दै गरिबी न्युनिकरण गर्दै सरकारको शुखी नेपालीको समृद्ध नेपालको नारासँग समाहित हुन सक्ने बताए ।