नयाँ सदस्यता आवेदनका लागि समय थप गरिएको बारे ।

0
142

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि सदस्यता आवेदन दिन मिति २०७९ असार ९ गते देखि असार २१ गतेसम्म समय तोकिएकोमा समय थप गरि २०७९ असार मसान्तसम्म आवेदन खुलाउने निर्णय गरेको छ ।
आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण यसै पत्रसँग संलग्न गरिएको छ । आवेदन फाराम सेजन सचिवालयमा बुझाउन वा सेजनको इमेल (nepal.sejon@gmail.com) मार्फत पठाउन सक्नुहुने छ ।

भागवत भट्टराई
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)