२३ औं वार्षिकोत्सव ‘सेजन डे’मनाउन लागेको जानकारी

0
320

मिति : २०७७ कार्तिक १८ गते


आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २३ औं वार्षिकोत्सव ‘सेजन डे’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७६ कात्तिक १ देखि २०७७ असोज ३० गतेसम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा र विद्युतीय)मा प्रकाशन तथा प्रसारण भएका उत्कृष्ट समाचार सामग्रीहरु मिति २०७७ कात्र्तिक मसान्तसम्मसेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन वा सेजनको इमेल nepal.sejon@gmail.com मार्फत उपलब्ध गराईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

सुजन ओली
महासचिव
नेपाल आर्थिक पत्रकार समाज