नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।

0
177

मिति : २०७९/ ३/०९ गते


आर्थिक पत्रकारज्यू,


विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।


मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले सेजन विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ सदस्यदताका आवेदन खुलाउने निर्णय गरेको छ । सदस्यताका लागि मिति २०७९ असार ९ गते देखि असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सदस्यताका लागि आवेदन दिने फर्मका साथै सेजनको विधान २०५४ को परिच्छेद ३ र सदस्यतासम्बन्धी कार्यविधि २०७२ अनुसार ५ वर्षसम्म आर्थिक पत्रकारिता गरेका र कम्तीमा स्नातक गरेका पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण यसै पत्रसँग संलग्न गरिएको छ । आवेदन फाराम सेजन सचिवालयमा बुझाउन वा सेजनको इमेल (nepal.sejon@gmail.com) मार्फत पठाउन सक्नुहुने छ ।

सहयोगका लागि धन्यवाद ।

भागवत भट्टराई
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)